प्रोजेक्ट रिसर्च, इनोभेसन, इन्भेन्सन एण्ड डेभेलपमेन्ट सेन्टर प्रा. लि. फाइदामूलक कम्पनी हो । यो कम्पनी मिति २०८० भाद्र १७ गते कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरमा दर्ता भएको कम्पनी हो । यस कम्पनीका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष द्रोण पराजुली हुनुहुन्छ भने यस कम्पनीलाई खुला परियोजना साजेदारी मोडलमा देश तथा विदेशमा संचालन गर्ने गरी कार्यप्रक्रियामा बढाउन सकिने गरी अगाडि बढाईएको छ । यस कम्पनीले परियोजनाको अनुसन्धान, नवप्रवर्तन, आविश्कार तथा विकास गर्ने लक्ष्य राखेर आफ्ना सेवाहरु प्रवाह गर्ने गर्छ भने सहकार्यका लागि निजी क्षेत्र, सरकारी निकाय, विकास साजेदार, अन्तराष्ट्रिय संस्था, विद्यालय, कलेज तथा विश्वविद्यालय संग राजेदारीमा एवं एकल आयोजना दुबै रुपमा कार्यक्रमहरु संचालन गर्ने गर्छ । यस कम्पनीका मुख्य उद्धेश्यहरु यस प्रकार रहेका छन्
१. नयाँ प्रविधिको विकास गर्नका लागि विभिन्न विधा तथा क्षेत्रको अध्ययन अनुसन्धान गर्ने तथा गराउने
२. सिर्जनशील सोचको विकास, नवीन विचारहरुको निर्माण तथा समस्या समाधानका नवीन उपायहरुको खोज तथा विकास गर्नका लागि नवप्रवर्तनको संस्कार विकास गर्ने
३. अनुसन्धानकर्ता, एवं आविश्कारहरुलाई अवधारणा विकास गर्न तथा नयाँ उत्पादन, प्रविधि तथा प्रक्रियाहरुमा काम गर्न सहयोग गर्ने तथा सो सो अनुसारको बातावरण तयार पार्ने
४. शैक्षिक संस्था, उद्योग ब्यवसाय एबं अन्या अनुसन्धानमा आधारित संघसंस्था तथा प्रतिस्ठानहरुसंग सहकार्यको अवधारणालाई स्थापित गरी विभिन्न अनुसन्धान, आविश्कार तथा नवप्रवर्तनका परियोजनाहरु संचालन गर्ने
५. विश्वमा भएका नवीन प्रविधि तथा आविश्कारहरुको खोज तथा अनुसन्धान गर्ने विज्ञ तथा अभ्यासकर्ताहरुसंग सहकार्य गरी प्रविधि विकास तथा हस्तान्तरण गर्ने कार्यक्रम संचालन गर्ने गराउने
६. अनुसन्धानकर्ता, आविश्कारकर्ता तथा नवप्रवर्तनको क्षमता तथा सिर्जनशिलताको विकास गर्नका लागि क्षमता विकास तालिम तथा सीप विकास कार्यक्रमहरु संचालन गर्ने गराउने
७. नयाँ तथा स्टार्टअप कम्पनी तथा सोचहरुलाई उपयुक्त विकासको बातावरण तयार गर्न तथा नवीन सोच तथा नवप्रवर्तनहरुलाई बजारमा स्थापित गर्नका लागि सहायता प्रणालीको विकास गरी कार्यक्रमहरु संचालन गर्ने गराउने अर्थाते इन्क्युवेसन सेन्टरको विकास गर्ने
८. बजारीकरणमा जानुभन्दा अगाडि आविश्कार सोच तथा नवप्रवर्तनबाट उत्पन्न आविश्कारहरुको प्रोटोटाईप विकास गरी त्यसको पेटेन्ट दार्ता, प्रतिलिपि दर्ता, ट्रेडमार्ट दर्ता लगायतका कार्य तथा सहजीकरण गराउने प्रोटोटाइपको विकासका लागि प्रयोगशालाको स्थापना तथा विकास समेत गर्ने
९. आविश्कार तथा नवप्रवर्तनसंग सम्वन्धित बोद्धिक सम्पतिको सुरक्षा, ब्यवस्थापन, संरक्षण, तथा विकास गर्ने प्रणाली तथा सेवाको विकास गर्ने तथा उपयुक्त बातावरणका लागि कार्य गर्ने गराउने
१०. मानव समाजका लागि उत्पादित उत्पादन तथा सेवाहरुको विकास तथा बजारीकरणका लागि सहायता तथा सहयोग प्रणालीको विकास गरी आवश्यक कार्य गर्ने गराउने
११. समाजका विभिन्न समस्याहरु बेरोजगारी, बढ्यौली, फोहोरमैला ब्यवस्थापन, शिक्षा स्वास्थ्य, यातायात, बातावरण, कृषि, उद्योगका क्षेत्रमा अनुसन्धान गरी नवीन परियोजनाहरु नेपाल सरकार तथा सम्वन्धित देशका सरकार तथा निकायलाई पेश गरी सो अनुरुप परियोजना कार्यान्वयन गर्ने गराउने
१२. बजारको अवस्था, माग तथा सम्भावित अवसरहरुको अध्ययन गरी नवीन आविश्कार तथा नवप्रवर्तनका सोच तथा तौरतरिका सहित नतिजाहरुको विकास गर्ने
१३. मानवीय संकटका विभिन्न आयामहरुमा सामुहिक पहलकदमी लिदै त्यसको बौद्धिक समाधानका लागि कार्यक्रम आविश्कार तथा अनुसन्धानमा जोड दिने
१४. आम सर्वसाधारणलाई शैक्षिक जागरणका कार्यक्रमहरु सेमिनार, क्षमता विकास, प्रदर्शनी, सभा , सम्मेलन, लगायतका अभियानमुखी कार्यक्रम संचालन गरी परियोजना अनुसन्धान, नवप्रवर्तन, आविश्कार तथा परियोजना विकास सम्वन्धित ब्यापक कार्यक्रमहरु संचालन गर्ने
१५. छोटकरीमा यस कम्पनीमा प्राइड सेन्टर भनिनेछ । यसको दिगो तथा क्रमागत विकास लागि स्रोतको लागि पहलकदमी तथा स्थायित्वका लागि साजेदार निकाय, दातृ निकाय, सरकारका विभिन्न निकाय, कर्पोरेट कम्पनी सामाजिक विकासका संघसंस्थाहरु संग आर्थिक, भौतिक तथा मनोबैज्ञानिक सहायता दिने तथा प्राइड सेन्टरको आयोजनामा विभिन्न आर्थिक स्रोत विकास गर्ने कार्यक्रमहरु संचालन गर्ने गराउने
१६. परियोजना प्रस्तावना लेखन तालिम, परियोजना विकास, गुरुयोजना निर्माण, आवधिक योजना निर्माण, मध्यावधि खर्चसंरचनाको विकास, आर्थिक योजना विकास, प्रोजेक्टबैँक निर्माण, नेपाल सरकार तथा मातहतका निकायहरुसंग सहकार्यमा कार्य गर्ने गराउने
१७. प्राइड सेन्टरले आयोजना गरेका सबै कार्यक्रमहरुलाई लिपिबद्ध गरी अनलाईन जर्नल तथा स्मारिका प्रकाशन गर्ने तथा विक्री वितरण समेत गर्ने
१८. गुणस्तरीय सेवाको मापदण्ड विकास गर्नका लागि गुणस्तर तथा स्तरिकृत आइसिटी, प्रणालीको विकास गरी सीप परिक्षण, उत्पादन परिक्षण, तथा गुणस्तर मापन प्रणालीको विकास गरी प्रमाणीकरणका लागि सम्वन्धित निकायसंग सहकार्य गर्ने गराउने
१९. परियोजना अनुसन्धान, नवप्रवर्तन, आविश्कार तथा विकास सम्वन्धी अन्तराष्ट्रिय सम्मेलन तथा अवार्ड कार्यक्रमहरु संचालन गर्ने
२०. विकासबादी संस्कृति तथा परियोजना विकाससंग सम्वन्धित लेख, गीत, गजल, रचना, साहित्य सिर्जना, उपन्यास, मुक्तक, नाटक तथा प्रस्तुति सम्वन्धित कार्यक्रम गरी विदेश, केन्द्र प्रदेश, पालिका वडा, तहसम्म प्राइड सेन्टर स्थापना गरी संचालन गर्ने गराउने
२१. परियोजनाको अनुसन्धान, नवप्रवर्तन तथा विकासका लागि आवश्यक पुँजीको लगानी तथा प्रवन्धका लागि लगानी सम्मेलन, छलफल अन्तक्रिया लगायतका कार्यक्रमहरु संचालन गर्ने
२२. राष्ट्रिय तथा अन्तराष्ट्रिय प्राइड अवार्ड तथा प्रोजेक्ट रिसर्च इनोभेसन, इन्भेन्सन एंड डेभेलपमेन्ट अवार्ड बार्षिक रुपमा संचालन गर्ने
२३. सूचना संचार प्रविधिका नवीनतम प्रविधिहरु एआई, ब्लकचेन, थ्रिडी एनिमेसन, रोवोटिक्स लगायतका परियोजनामा अनुसन्धान गरी सो अनुसारका परियोजना विकास गर्ने
२४. अन्तरिक्ष विज्ञान, खगोल विज्ञान, ब्रम्हाण्ड लगायतको अनुसन्धान तथा अन्वेषणात्मक कार्यक्रमहरु संचालन गरी आवश्यक परियोजना विकास गर्ने
२५. विश्वब्यापी प्राइड सेन्टर संजालको निर्माण गरी कम्तीमा ५०० बर्षको संचालन रणनीति तथा कार्यनीति तयार पार्ने
कम्पनीका मुख्य उद्धेश्यहरु यस प्रकार रहेका छन्
